24.5 C
Nepal
Wednesday, March 12, 2025

कुमारी बैंकको २४ औंं साधारण सभा आज

कुमारी बैंक लिमिटेडको २४ औंं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकको उक्त सभा आज काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिजको वित्तीय विवरणहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here