17.8 C
Nepal
Wednesday, February 5, 2025

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुको हुने भएकाले यो सेयर संस्थापकहरुका लागि बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना जारी भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here