शिखर इन्स्योरेन्सले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
यसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छन्।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।