स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ब्याज आम्दानी बढ्दा र खर्चमा कमी आउदा नाफामा सुधार आएको छ । संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले ८ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९४.२१ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड १५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।
त्यस्तै अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६६ करोड ६६ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी बढेर ८० करोड १ लाख रुपैयाँ पुगेको छ ।
यस्तै संस्थाले ६१ करोड ४० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यसैगरी अघिल्लो आवमा ४२ करोड ७३ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधाका लागि खर्च गरेको संस्थाले समीक्षा अवधसिम्म ४१ करोड ३२ लाख खर्च गरेको छ । संस्थाको अन्य सञ्चालन खर्च पनि ४ करोड ८६ लाखबाट घटेर ४ करोड १६ लाख रुपैयाँ पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ३२ करोड ९८ लाख रुपैयाँको व्यवस्था गरेको छ ।
संस्थाको रिडेन्ड अर्निङ १० करोड १७ लाख रुपैयाँ छ । रिजर्भ १ अर्ब ७२ करोड छ ।
संस्थाको निक्षेप संकलन १४ अर्ब ८९ करोड र कर्जा प्रवाह १९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी भने १०.२६ रुपैयाँ रहेको छ ।
कम्पनिको खराब कर्जा अनुपात ८.२८ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएसं)९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २७७.५३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८९.०३ गुणा र तरलता अनुपात ५.६१ प्रतिशत छ ।