19.9 C
Nepal
Sunday, September 28, 2025

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

spot_imgspot_imgspot_img

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य हकप्रद सेयर निष्कासनका कारण समायोजन गरिएको छ। समायोजनपछिको नेप्सेमा निर्धारण गरिएको मूल्य प्रतिकित्ता ७७१.१२ रुपैयाँ कायम भएको छ, जसअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३८.९० रुपैयाँ रहेको थियो। अब आगामी कारोबारहरू समायोजित मूल्यकै आधारमा दोस्रो बजारमा सञ्चालन हुनेछ।

कम्पनीले २५ प्रतिशत अर्थात् १:०.२५ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ, जसका लागि नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते अनुमति प्राप्त गरिसकेको छ।

हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्नेछ। माघ १६ र १७ गते सार्वजनिक बिदा परेकाले ती दिनहरूमा सेयर कारोबार नहुने हुँदा, माघ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र हकप्रदमा आवेदन दिन योग्य ठहरिनेछन्।

यस प्रक्रियाअन्तर्गत, कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

यस हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here