14.2 C
Nepal
Saturday, March 15, 2025

माघ २१ गतेदेखि एलआईसी नेपालले ४.९२ लाख कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ। कम्पनीले माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्रीका लागि लिलामी प्रक्रिया सुरु गर्नेछ।

यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम कित्ताका लागि कुनै सीमा तोकिएको छैन। आवेदन पेश गर्न लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र कम्पनीका शाखा कार्यालयहरू विराटनगर, वीरगञ्ज, पुतलीसडक, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढीमा जान सक्नेछन्।

आवेदन दिन सकिने अन्तिम मिति फागुन ५ गते निर्धारण गरिएको छ।

कम्पनीले यसअघि मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १:०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो। सो अवधिमा आवेदन नपरेको सेयरहरूलाई अहिले लिलामीमार्फत बिक्री गर्न लागिएको हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here