14.2 C
Nepal
Friday, March 14, 2025

आत्मनिर्भर लघुवित्तको खुद नाफा घट्यो

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ८४ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८.६८ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ६ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ५ करोड ६८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने ३१ लाख २६ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । संस्थाले सम्भावित घाटाका लागि ४ करोड ५९ लाख रुपैयाँ छुट्टाएको छ ।

यस्तै संस्थाको रिजर्भको आकार ५.१९ प्रतिशतले घटेर १८ करोड ८३ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ९१ करोड ४३ लाख र कर्जा प्रवाह १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा अनुपात केही घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १५.२८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १५.०९ प्रतिशत पुगेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here