22.9 C
Nepal
Saturday, February 14, 2026

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.४१% ले घट्यो

spot_imgspot_imgspot_img

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा कमी आएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, संस्थाले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३८.४१ प्रतिशतले कम हो।

अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३६.८८ प्रतिशतले घटेर ११ करोड १४ हजार रुपैयाँमा सीमित भएको छ। त्यस्तै, खुद सञ्चालन आम्दानी पनि ३६.८८ प्रतिशतले घटेर १० करोड ४७ लाख रुपैयाँमा झरेको छ।

सञ्चालन खर्चमा भने सामान्य वृद्धि भएको छ। अघिल्लो वर्षको दोस्रो त्रैमासमा ३ करोड ४० लाख रुपैयाँ रहेको सञ्चालन खर्च यो वर्ष ३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। १ अर्ब ३४ करोड रुपैयाँ चुक्तापूँजी रहेको संस्थाको रिटेन्ड अर्निङ ६७.७० प्रतिशतले घटेर ३ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ। तर, संस्थाको रिजर्भ भने २८ करोड ५४ लाख रुपैयाँबाट बढेर ३० करोड १९ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वितरणयोग्य मुनाफा पनि घटेर ६ करोड ३३ लाख रुपैयाँबाट ३ करोड ९१ लाख रुपैयाँमा झरेको छ। वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ५.६० रुपैयाँ रहेको छ।

त्यसैगरी, संस्थाको खराब कर्जा अनुपात पनि बढेको छ। यो अनुपात २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिसम्म, संस्थाको प्रतिसेयर आम्दानी (EPS) ७.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३९.८५ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ९४.४७ गुणा, र तरलता अनुपात १९.८७ प्रतिशत छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here