21.3 C
Nepal
Friday, January 24, 2025

वेष्ट फाइनान्सको ५.३५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि विभिन्न ६ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनु पर्ने भएकाले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न चाहने कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारत समयभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेलदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here