22.8 C
Nepal
Monday, February 10, 2025

क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न ट्रम्पको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले भन्सार शुल्कबाट बच्न अमेरिकाको ५१ औं ‘राज्य’ बन्न सक्ने सम्भावनालाई फेरि दाहोराएका छन् ।
ट्रम्पले भने, ‘हामीसँग क्यानडासँग ठूलो व्यापार घाटा छ। हामी यसलाई अब जारी राख्न दिन सक्दैनौं। मैले क्यानडालाई अमेरिकाको एक राज्य बन्न सक्ने प्रस्ताव राख्दै आएको छु । यदि यसो भयो भने कुनै व्यापार घाटा हुनेछैन र हामी क्यानडामाथि कर लगाउने छैनौं।’

अमेरिकी राष्ट्रपतिले क्यानडासँग व्यवहार गर्न वर्षौंदेखि गाह्रो भएको बताए। ट्रम्पले भने, ‘२०० बिलियन डलर वा २५० बिलियन डलरको व्यापार घाटा हुनु उचित होइन। हामीलाई कार बनाउन क्यानडाको आवश्यकता छैन।’

उनले भने, ‘हामीलाई उनीहरुबाट तेल र ग्यास चाहिँदैन । हामीसँग यो अरूभन्दा अधिक मात्रामा छ ।’

ट्रम्पले यसअघि नै क्यानडा अमेरिकाको ५१ औ राज्य बनेमा ६० प्रतिशतभन्दा बढी कर कटौती हुनसक्ने बताइसकेका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here