12.8 C
Nepal
Monday, February 10, 2025

खराब कर्जा अनुपात १९.३४ प्रतिशत सहित समृद्धि फाइनान्स ६.२८ करोड घाटामा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ६ करोड २८ लाख रुपैयाँ घाटा बेहोरेको छ, जसले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९४.३२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यो घाटा २ करोड १३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने सुधारिएको छ। ८.१२ प्रतिशतले बढ्दै यो ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ। तर, अघिल्लो वर्ष पुस मसान्तसम्म ३ करोड ७४ लाख रुपैयाँ सकारात्मक रहेको खुद सञ्चालन आम्दानी यस वर्ष ९९ लाख १८ हजार रुपैयाँले ऋणात्मक भएको छ।

कम्पनीले कर्मचारी खर्चका लागि ३ करोड २९ लाख रुपैयाँ र अन्य सञ्चालन खर्चका लागि १ करोड ६३ लाख रुपैयाँ खर्च गरेको छ। साथै, इम्पेयरमेन्ट चार्जका लागि ६ करोड १२ लाख रुपैयाँ छुट्याएको छ, जबकि अघिल्लो वर्ष यो रकम ६२ करोड ५३ लाख रुपैयाँ थियो।

कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ, भने रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँमा सीमित छ।

कम्पनीले २ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ र १ अर्ब ५७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ। तर, खराब कर्जा अनुपात ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा ६८ करोड १ लाख रुपैयाँले ऋणात्मक छ भने प्रतिसेयर आम्दानी (ईपीएस) ३०.६९ रुपैयाँले नकारात्मक रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here