गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा गएको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानीमा पनि १९ प्रतिशतको कमी आएको छ। अघिल्लो वर्ष १८ करोड ३० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर यस वर्ष १४ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीले ८ करोड ३० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ। यस अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ३२ करोड ९४ लाख रुपैयाँबाट घटेर १० करोड २० लाख रुपैयाँमा झरेको छ।
त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङ ४७ करोड १५ लाख रुपैयाँले ऋणात्मक छ। कम्पनीको रिजर्भको आकार पनि घट्दै अघिल्लो वर्षको ९७ करोड २१ लाख रुपैयाँबाट ९४ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको वितरणयोग्य मुनाफा पनि ४७ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
दोस्रो त्रैमाससम्म कम्पनीले ९ अर्ब ८० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने ६ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.६० रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ १५६.०८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १,३१७.८३ रुपैयाँ, र तरलता अनुपात ३४.२७ प्रतिशत छ।