22.8 C
Nepal
Monday, February 10, 2025

प्राइम कमर्सियल बैंकको नाफा १४.३४% ले घट्यो

प्राइम कमर्सियल बैंकको खुद ब्याज आम्दानी बढेपनि खुद नाफामा कमी आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.३४ प्रतिशतले कम हो।

गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। तर, यो वर्ष बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ। खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ३ अर्ब १८ करोड रुपैयाँमा पुगेको छ। १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ८४ करोड रुपैयाँ र रिजर्भमा १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

ग्राहकहरूसँग २ खर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १४.९८ रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९.२८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९६.९७ रुपैयाँ, मूल्य-आम्दानी अनुपात १२.८१ गुणा, प्रतिसेयर नेटवर्थ २६.४३ प्रतिशत, र तरलता अनुपात २६.४३ प्रतिशत रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here