8.9 C
Nepal
Thursday, January 16, 2025

महिला लघुवित्तले लाभांश नदिने

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आवका लागि लाभांश नदिने निर्णय गर्दै सेयरधनीलाई निराश बनाएको हो ।

संस्थाको सञ्चालक समितिको मिति पुस २५ गते बिहीबार अपरान्ह ३.३० बजे बसेको ९२ औं बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले संस्थाको आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरु स्वीकृत गरी २०८१ असार मसान्तसम्म वितरण योग्य मुनाफालाई सञ्चित गरी आव २०८०/८१ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

साथै, सञ्चालक समितिबाट पारित आव २०८०/८१ को वार्षिक वित्तीय विवरणहरु साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here