7.4 C
Nepal
Saturday, January 25, 2025

ङादी ग्रुप पावरको हकप्रद निष्कासन आजदेखि

ङादी ग्रुप पावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन शुरू गरेको छ। कम्पनीले आफ्नो हालको चुक्तापूँजी रु. १ अर्ब ८५ करोड १२ लाख ७९ हजारका आधारमा १ः१ अनुपातमा रु. १०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद सेयर जारी गरेको हो।

लगानीकर्ताहरूले सिद्धार्थ क्यापिटल, साथै सिद्धार्थ बैंकका विराटनगर, विरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, र सुर्खेत शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत पनि आवेदन दिन सकिन्छ। अनलाइन माध्यमबाट सीडीएससीको मेरो सेयर प्लेटफर्ममार्फत पनि आवेदन दिन सकिनेछ।

हकप्रदबाट संकलित रकम माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मेगावाट) को निर्माण र ङादी ग्रुपले प्रवद्र्धन गरेका आयोजनाको मर्मत-सम्भारका लागि प्रयोग गरिनेछ।

कम्पनीले हकप्रद सेयरका लागि बुक क्लोज मिति गत मंसिर १८ गते तोकेको थियो। यस अनुसार, मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र हकप्रद सेयर खरिद गर्न योग्य हुनेछन्।

हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति माघ १४ गते रहेको छ। यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here