7.4 C
Nepal
Saturday, January 25, 2025

हिमालयन टाइम्स मिडियाले आईपीओ निष्कासन गर्ने

हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको दोस्रो साधारण सभा यही पुस २९ गते काठमाण्डौको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओका लागि सेयर रजिष्ट्रार र सेयर अन्डरराइटर नियुक्त गर्ने प्रस्ताब पारित गर्नेछ ।

यसैगरी ६ महिनाभन्दा बढी अवधिका लागि कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी विभिन्न ऋण सुविधा लिने, सञ्चालकको निर्वाचन गर्ने,कम्पनीको रेटिङ गर्न रेटिङ एजेन्सी नियुक्त गर्ने र गत आवका वित्तीय विवरणहरु पारित गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here