12.5 C
Nepal
Monday, January 20, 2025

नागरिक लगानी कोषको सेयरमूल्य समायोजन

नागरिक लगानी कोष(सीआईटी)को सेयरमूल्य समायोजन भएको छ । कोषले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात कोषको सेयरमूल्य प्रतिकित्ता १ हजार ९७१.९६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कोषको सेयरमूल्य प्रतिकित्ता २ हजार ११० रुपैयाँ कायम थियो ।

कोषले आव २०८०/८१ को आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कोषले पुस २९ गते साधारण सभा आयोजना गर्दैछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here