15.6 C
Nepal
Wednesday, February 5, 2025

यी ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ८ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

आज हिमालयन डिष्टिलरी, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त, कालिका पावर, बोटलर्स नेपाल(तराई)लिमिटेड, सूर्योदय वोमी लघुवित्त,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी कम्पनीहरुमध्ये सूर्योदय वोमी लघुवित्त बाहेक अन्यले पुस १९ गते बुक क्लोज गर्दैछन् । सूर्योदय वोमी लघुवित्तले भने पुस २१ गते बुक क्लोज गर्दैछ । पुस १९ र २० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुनेछैन ।

आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here