15.6 C
Nepal
Saturday, January 25, 2025

२६ सय विन्दुबाट तल झर्यो नेप्से, ४ वटा कम्पनीमा नेगटिभ सर्किट

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३३.०८ अंकले घटेर २५७६।५० विन्दु कायम भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दु भएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समुह घटेका छन । आज अन्य समूह ०.०६ प्रतिशतले बढ्यो ।

आज फाइनान्स ५.१९ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.९२ प्रतिशत,विकास बैंक २.७७,होटल १.३८,हाईड्रो १.७३,लगानी ०.०८,जीवन बीमा ०.६५,उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१,म्युचुअल फण्ड ०.३८,निर्जीवन बीमा ०.९५ र व्यापार समूह २.९७ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज प्रभु बैंकको ३५ करोड ९४ लाख , नेपाल फाइनान्सको आज १७ करोड ८७ लाख,जानकी फाइनान्सको १४ करोड ४२ लाख,एनएलजी इन्स्योरेन्सको १२ करोड २८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ९४ लाख बढीको सेयर कारोबार भएको छ ।

धरै गुमाउने कम्पनीहरु

यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । सपोर्ट माइक्रोफाइनान्स,जानकी फाइनान्स पोखरा फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।

गृह्वेश्वरी मर्चेन्ट बैंकिङको सेयरमूल्य ९.३४ र बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ९.२५ प्रतिशतले घटेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here