9.4 C
Nepal
Monday, January 20, 2025

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि चुक्तापूँजीको १०ः६.२५६ अनुपातमा १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको थियो ।

उक्त हकप्रदमा खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएकोमा प्रयाप्त आवेदन नपरेका कारण हकप्रद खरिदका लागि पुस १६ गतेसम्म आवेदन दिने समयावधि लम्बाइएको थियो ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here