8.5 C
Nepal
Friday, January 17, 2025

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन

गत आर्थिक वर्षका लागि बोनस सेयर घोषणा गरेका दुई कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ग्रीन भेन्चर्स लिमिटेड र सर्वोत्तम सिमेन्टको सेयरमूल्य समायोजन गरेको हो ।

समायोजनपश्चात ग्रीन भेन्चर्सको सेयरमूल्य प्रतिकित्ता ५१०.४५ रुपैयाँ भएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ५६१.५० रुपैयाँ थियो ।

त्यस्तै, सर्वोत्तम सिमन्टको सेयरमूल्य प्रतिकित्ता ७१४.६७ रुपैयाँ भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६४.७० रुपैयाँ थियो ।

ग्रीन भेन्चर्सले ले गत आवका लागि घोषणा गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।

अब आइतबारको कारोबार देखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here