7.4 C
Nepal
Saturday, January 25, 2025

स्वर्णिम होटलले आईपीओ निस्कासन गर्ने

स्वर्णिम होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनिले सोही प्रायोजनका लागि साधारण सभा डाकेको छ । यही पुस २८ गते आयोजना हुन लागेको कम्पनीको साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने भएको हो ।

उक्त सभा काठमाण्डौस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको पूँजी संरचनाअनुसार आईपीओ जारी गर्ने र सो सम्बनधी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here