8.1 C
Nepal
Saturday, January 18, 2025

आज ‘क्रिसमस डे’ , सेयर बजार बन्द हुने

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा हरेक वर्षको डिसेम्बर २५ मा क्रिसमस डे मनाइने गरिन्छ ।

नेपाल सरकारले आज क्रिसमस डेका अवसरमा सार्वजनिक बिदा दिएको छ । क्रिसमस डेका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।

आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज दोस्रो बजारमा सेयर कारोबार पनि बन्द रहने छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here