गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म निष्कासन गरेको आईपीओ पुस ८ गते बाँडफाँड गरेको हो ।
आबेदन दिएका मध्ये रितपूर्वक आवेदन दिने २२ हजार ५ सय आवेदकलाई २ लाख २५ हजार कित्ता सेयर बाँडफाँड गरिएको जानकारी प्राप्त भएको छ ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको थियो ।