15.6 C
Nepal
Wednesday, February 5, 2025

नागरिक लगानी कोषले साधारणसभा बोलायो, १३% लाभांश पारित गर्ने

नागरिक लगानी कोष (सीआईटी)ले आफ्नो ३०औं वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। कोषको सञ्चालक समितिले सोमबार बसेको बैठकमा यस सभाको मिति र स्थान तय गरेको हो। सभा काठमाडौंको नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा गत आर्थिक वर्ष २०८०।८१ को लागि प्रस्तावित १३% लाभांश अनुमोदन गर्नेछ। यसमा ७% बोनस सेयर र ६% नगद लाभांश (करसहित) समावेश छन्।

यस्तै, सभाले कम्पनीको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here