18.7 C
Nepal
Monday, December 23, 2024

नगरकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने

नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको पुस २५ गते बसेको सञचालक समितिको बैठकले आईपीओको प्रस्तावसहित आगामी पुस २८ गते नगरकोट रिसोर्टमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा कम्पनीको पूँजी संरचनाबमोजिम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने, सञ्चालकको भत्ता र सुविधा निर्धारण गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here