11.6 C
Nepal
Monday, December 23, 2024

सानिमा माई हाईड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

सानिमा माई हाईड्रो लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कम्पनीले गत आवसम्मको वितरणयोग्य सञ्चित खुद मुनाफामध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश आगामी पुस २८ गते आयोजना हुने कम्पनीको १३ औं साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here