25.2 C
Nepal
Wednesday, February 5, 2025

सिवाईसी नेपाल लघुवित्तले लाभांश नदिने

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको लागि सेयरधनिलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनिले वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको छ । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफा सञ्चित गरी सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कारोबारका आधारमा तयार पारेको प्रारम्भीक लेखापरीक्षण प्रतिवेदन तथा त्यस प्रतिवेदनले औंल्याईएका विषयमा व्यवस्थापनबाट प्राप्त प्रतिउत्तरका आधारमा तयार पारेको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारका सम्पूर्ण अनुसुचीहरु, कर्जा नोक्सानी व्यवस्थाको विवरण समेतसहितको नेपाल वित्तीय प्रतिवेदन मानअनुसार अन्तीम लेखा परिक्षण प्रतिवेदन स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here