9.4 C
Nepal
Monday, January 20, 2025

लाभांश पारीत गर्ने मुख्य एजेण्डासहित डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २६ गते शुक्रबार आफ्नो तेइसौं वार्षिक साधारणसभा आयोजना गर्ने घोषणा गरेको छ। सभा चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेबाट शुरु हुनेछ।

सभामा कम्पनीले आफ्नो चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभामा वित्तीय विवरण र लेखापरीक्षक नियुक्ती , सञ्चालक निर्वाचन, प्रबन्धपत्र सम्सोधन र मर्जर प्रस्ताव प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here