8.5 C
Nepal
Friday, January 17, 2025

युनियन हाईड्रोपावरले पुस २६ गते साधारण सभा बोलायो

युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते साधारण सभा बोलाएको छ । कम्पनीको १८ औं साधारण सभा ललितपुरको धोबिघाटमा रहेको सिद्धार्थ कटेजमा भौतिक र विद्युतीय माध्यमबाट एकसाथ आयोजना हुनेछ ।

उक्त सभामा कम्पनीद्वारा प्रवद्र्धित होङ्गुखोला जलविद्युत आयोजना(२८.९ मेवा)र माथिल्लो तमोर ए जलविद्युत आयोजना(६० मेवा)को परियोजना हस्तान्तरण र व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here