9.9 C
Nepal
Monday, January 20, 2025

अर्घाखाँची सिमेन्टले डाक्यो एजीएम , आईपीओ निष्कासन गर्ने

आईपीओ निष्कासनको तयारीमा रहेको अर्घाखाँची सिमेन्ट लिमिटेडले पुस २६ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको २६ औां वार्षिक साधारण सभा थापाथलीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको नियमावलीमा संशोधन गर्ने र उक्त कार्यका लागि नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै रिक्त सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासन कार्यका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here