लाभांशको हालको समयमा अहिलेसम् सय भन्दा बढी नेप्सेमा सुचिक्रित कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।
लाभांशको बितरणको समय भएकाले लगानिकर्ताको ध्यान लाभांश तिर रहेको छ ।
हालसम्म सयभन्दा बढी कम्पनीले लाभांश दिने घोषणा गर्दा नेप्सेमा सुचिक्रित ५१ वटा कम्पनीले भने कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् ।
हालसम्म २७ वटा हाइड्रोपावर कम्पनीले कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् भने माइक्रोफाइनान्स समूहअन्तर्गतका ९ वटा वित्तीय संस्थाले लाभांश नबाँड्ने निर्णय गरेका छन् । त्यस्तै नेपाल फाइनान्ससहित ५ फाइनान्स कम्पनीले लाभांश नदिने निर्णय गरेर लगानीकर्ताको हात खाली पारीदिएका छन ।
बैंकतर्फ भने नेपाल इन्फ्रास्ट्रक्चर, एनएमबि बैंक, मुक्तिनाथ विकास बैंक र माछापुच्छ्रे बैंक रहेका छन् भने अन्यतर्फ नेपाल वेयरहाउजिङ कम्पनी, नेपाल रिपब्लिक मिडिया र मुक्तिनाथ कृषि कम्पनी रहेका छन् । त्यस्तै, बीमातर्फ नेपाल राष्ट्रिय बीमा कम्पनी र होटल समूहतर्फ सिटि होटलले कुनै खालको लाभांश नदिने निर्णय गरेको छ ।