17.8 C
Nepal
Wednesday, February 5, 2025

ज्ञानेन्द्रलाल प्रधानविरुद्ध २४ करोड बढीको बिगो माग गर्दै ‘इन्साइडर ट्रेडिङ’को मुद्दा

सेयर बजारका ठूला लगानीकर्ता मध्येका एक ज्ञानेन्द्रलाल प्रधान बिरुद्द मुद्दा दाँयार भएको छ । जिल्ला सरकारी वकिलको कार्यलयले २४ करोड बराबरको माग दावी गर्दै मुद्दा दायर गरेको हो ।

कार्यालयले प्रधानविरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मंसिर २८ गते अभियोग पत्र दायर गरेको हो ।

‘नेपाल हाइड्रो डेभलपर्सको १६.८८ प्रतिशत आफ्नो नाममा रहेको सेयरलाई आफ्नो नामबाट जानीजानी परिवारका सदस्यलाई नामसारी गरी दोस्रो बजारमा सेयरको मूल्यलाई प्रभावित गरि बिक्री गरेर उच्च लाभ लिने मनसाय रहेको देखिन्छ,’ अभियोग पत्रमा उल्लेख छ ।

प्रधानले २०७८ साउन १४ गतेदेखि २०७८ माघ २० गतेसम्म पटक–पटक गरेर पाँच लाख बढी कित्ता सेयर श्रीमती बिमला श्रेष्ठ, छोरा चेतन र छोरी निभिता प्रधानको नाममा नामसारी गरेका थिए । तर प्रधानले २०७८ साल भदौ १३ गते अर्थात सेयर बेचेको एक महिना पछि मात्रै अध्यक्ष पदबाट राजीनामा दिएको पनि उक्त अभियोग पत्रमा उल्लेख छ ।

उक्त अभियोगमा सम्पत्ति शुद्धीकरणको कसुरमा प्रधानबाट काभ्रेमा रहेको जग्गाबाट २ करोड ३७ लाख, मोदी इनर्जी र सुपरमादी हाइड्रोमा रहेको संस्थापक सेयरको हुने रकम २४ करोड ४ लाख रूपैयाँबाट बिगो रकम जफत गर्न सकिने उल्लेख छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here