28 C
Nepal
Monday, September 29, 2025

एनएमबि बैंकले लाभांश नदिने, अग्राधिकार सेयर जारी गर्ने

spot_imgspot_imgspot_img

एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २९ औं साधारण सभा डाकेको हो ।

उक्त सभा पुस २५ गते आयोजना हुनेछ । बैंकले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति सेयर रु. १०० अंकित दरका रु. ३ अर्बबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको पूँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पूँजी २० अर्ब रहेकोमा सोलाई वृद्धि गरि २५ अर्ब मात्र पुर्याउने प्रस्ताव पारित गर्ने र अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको हाल कायम जारी तथा चुक्ता १८ अर्ब ३६ करोड ६७ लाख ५ हजारलाई बृद्धि गरि २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार पुर्याउने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय बैंकले गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here