16.7 C
Nepal
Thursday, January 16, 2025

लक्ष्मी लघुवित्तले लाभांश नदिने

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेयरधीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको मंसिर २१ गते बिहान साढे ९ बजे बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

उक्त बैठकबाट आर्थिक वर्ष २०८०/८१ का लागि कुनै पनि प्रकारको लाभांश नदिने र सोही बमोजिम आगामाी साधारण सभामा गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु स्वीकृती गर्ने निर्णय भएको हो ।

लाभांशरहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात मात्रै साधारण सभामा अनुमोदनका लागि पेश गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here