आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २४.९७ अंकले घटेर २ हजार ७५०.८७ विन्दुमा बन्द भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबै समुह घटेको छ । आज हाईड्रो समूह धेरै बढेको छ । यो समूह आज ०.५९ प्रतिशतले बढेर ३ हजार ६४८.१६ भएको छ ।
यस्तै उत्पादन तथा प्रशोधन ०.१४ र लघुवित्त ०.१२ प्रतिशतले बढ्यो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज खानीखोला हाईड्रोपावर,जोशी हाईड्रोपावर,रिभर फल्स पावर र इङुग्वा हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज स्वाभिमान लघुवित्तको सेयरमूल्य ९.४१ प्रतिशत,अपर हेवाखोलाको ८.७८ र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य ८.३८ प्रतिशतले बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । एलआईसी नेपालको सेयरमूल्य पनि १० प्रतिशत,विशाल बजारको ९.१७ र नेपाल फाइनान्सको सेयरमूल्य ५.०१ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन जोशी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ३० लाख बढीको कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ५६ लाख,आँखुखोला जलविद्युतको २६ करोड ७९ लाख,सानिमा माई हाईड्रोको १८ करोड ७६ लाख र रसुवागढी हाईड्रोपावरको १७ करोड ९२ लाख बढीको सेयर कारोबार भयो ।