सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६५.४२ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य समायोजन हुनुअघि प्रतिकित्ता १ हजार १४० रुपैयाँ कायम थियो ।
यससँगै आजबाट नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबार हुनेछ ।
सेयरधनीहरुले गत आवका लागि ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१ प्रतिशत लाभांश पाउनेछन् ।