लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गरेको हो ।
लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
हकप्रदबाट प्राप्त रकम कम्पनीले माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, यो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न १५ करोड ३२ लाख र कम्पनीद्वारा प्रवद्धित लोदोखोला साना जलविद्युत आयोजनामा लगानी गर्न ४ करोड २४ लाख रुपैयाँ लगानी गर्ने छ ।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति पुस ७ गते रहेको छ ।