19.9 C
Nepal
Sunday, September 28, 2025

मंसिर ११ गतेदेखि एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

spot_imgspot_imgspot_img

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो ।

कम्पनीले आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन मिल्नेगरी १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको जनाएको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २ गते हकप्रद निष्कासनको अनुमति पाएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here