22 C
Nepal
Tuesday, November 11, 2025

अपि पावरको खुद नाफा १८ करोड १७ लाख रुपैयाँ

spot_imgspot_imgspot_img

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ४७ करोड ५२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१.६५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २६ करोड १६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अबधिमा कम्पनी ४० लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ९६.४९ प्रतिशत बढ्दा सञ्चालन मुनाफा १५८.३६ प्रतिशत बढेको छ।

कम्पनिको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ६५ पैसा रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here