19.2 C
Nepal
Thursday, October 24, 2024

पाँचथर पावर ३.०१ करोड घाटामा

पाँचथर पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड १ लाख रुपैयाँ घाटा खाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार महिनामा आएको बाढीले यस आयोजनालाई क्षति पुर्याएकाले आयोजना असारदेखि बन्द रहेको र आयोजना पुनः निर्माण तथा मर्मत कार्य भईरहेको हुदा यस अबधिमा विद्युत बिक्री आम्दानी शुन्य छ ।

असोज १५ गतेबाट भने आयोजनाबाट बिद्युत उत्पादन गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।

पहिलो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च २२ लाख ,अन्य सञ्चालन खर्च २२ लाख ९४ हजार र वित्त खर्च ४० लाख ७४ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ १ करोड १३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ४२ करोड ११ लाख र कुल चालु दायित्व १ अर्ब २८ करोड २४ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस ३.१३ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९८.९२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०५.९८ रुपैयाँ र तरलता अनुपात ०.३३ गुणा छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here