19.2 C
Nepal
Thursday, October 24, 2024

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशका लागि योग्य हुन आजसम्म सेयरधनीहरु बनी सक्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कम्पनिले गत आव २०८०/८१ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कार्तिक ३० गते शुक्रबारका दिन काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा साधारण सभा आयोजना हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here