27.2 C
Nepal
Wednesday, October 23, 2024

मीनबहादुरले एमालेलाई दिएको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता गर्न आदेश

नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादानको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ ।

अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

एमाले पार्टी कार्यालय दान लिनेदिने विषयमा रिट निवेदकको सार्थक सम्बन्ध नरहेको भन्दै सर्वोच्च अदालत प्रशासनले रिट दरपीठ आदेश दिएको थियो ।

तर न्यायाधीश श्रेष्ठको इजलासले निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने भन्दै रिट दर्ता गर्न आदेश दिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here