24.6 C
Nepal
Friday, March 14, 2025

बजारमा पैसा धेरै भएपछी बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले आज कात्तिक ७ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको छ । आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको कात्तिक १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here