सुनको मूल्यले आज पनी नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपेयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ जुन हालसम्मकै उच्च हो ।
अघिल्लो दिन सुनको मूल्य ३ सय रुपैयाँले बढेको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १३५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।