27.2 C
Nepal
Wednesday, October 23, 2024

गोर्खाज फाइनान्सको नाफा ६०.६४% ले घट्यो

गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ६०.६४ प्रतिशतले घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८ करोड १६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले १ करोड ८९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । असोज मसान्तसम्म कम्पनीको खुद सञ्चालन आम्दानी १५ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ करोड २० लाख रुपैयाँ मात्र भएको छ ।

यस्तै कम्पनीको रिटेन्ड अर्निङ ४४ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भ घटेर ९९ अर्ब ३७ करोडमा सिमित भएको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा ४४ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

पहिलो त्रैमाससम्म कम्पनीले ९ अर्ब ६४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । साथै,यो अवधिसम्म कम्पनीले ६ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.१९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६४.९३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३१२.६५ रुपैयाँ र तरलता अनुपात ३२.२६ प्रतिशत रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here