25.2 C
Nepal
Wednesday, February 5, 2025

नेपाल बैंकको नाफा ३२२.९८% ले बढ्यो

नेपाल बैंक लिमिटेडको नाफा ३२२.९८ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६० करोड २१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले असोज मसान्तसम्म २ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज ४८.६९ प्रतिशतले घटेको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ६८ करोड ८४ लाख रुपैयाँ छुट्टाएको छ । बैंकको खराब कर्जा अनुपात ३.८४ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।

बैंकको कर्मचारी खर्च ९४ करोड ८२ लाख र अन्य सञ्चालन खर्च २३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब २६ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने २२ अर्ब ३८ करोड रुपैयाँबाट बढेर २३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१६.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६४.७१ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७.९८ गुणा र तरलता अनुपात ३४.४७ प्रतिशत कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here