चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खूद नाफामा १९ करोड ८८ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५१ लाखमा सीमित खूद नाफा रहेको थियो । यसरी हेर्दा कम्पनीको खूद नाफा अघिल्लो वर्षको समानान्तर समीक्षा अवधिको तुलनामा ८९ प्रतिशतले बढेको देखिएको छ ।
कम्पनीको व्यापार तथा त्यसबाट हुने आम्दानी अघिल्लो वर्षको पहिलो त्रैमासमा ९७ करोड १८ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४८ करोडको उचाईमा पुगेको छ । यो भनेको करिब ५३ प्रतिशतको बढोत्तरी हो ।
कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा करिब १७९ प्रतिशतले बढेर १ करोड ७२ लाख पुगेको छ ।
हाल २ अर्ब ६७ करोड २५ लाख चुक्तापूँजी रहेको कम्पनीको अन्य आम्दानीमा पनि करिब २०० प्रतिशतले बढेको छ ।
कम्पनिको प्रतिसेयर आम्दानी २९.७७ प्रतिशत रहेको छ ।