16.8 C
Nepal
Tuesday, October 15, 2024

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा

प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर लीलाम बिक्रीमा राखेको छ ।

आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बैंकले सेयरको संख्या भने खुलाएको छैन । बिक्री गर्ने संस्थापकहरुको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न हुन सकिने बैंकले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here