21.7 C
Nepal
Friday, October 18, 2024

नेशनल लाइफको संस्थापक सेयर बिक्रीमा, मुल्य कति ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको सेयर लीलाम बिक्रीमा राखिएको छ । स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको नेशनल लाइफको १५ हजार ९४५ कित्ता सेयर आजदेखि बिक्रीमा राखेर बिक्री गर्न लागेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा असोज २० गते कार्यालय समयभित्र आइपुग्ने गरी कती कित्ता लिने हो र प्रति कित्ता कतिमा लिने हो सो कबुल गरी आवेदन दिनु पर्नेछ ।

विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिई ३५ दिने सूचना जारी गरि यसअघि नै उक्त सेयर बिक्रीमा रािखएको थियो । तर विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here